दाङकाे राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा

 भदौ १४, २०८० बिहिबार १३:५५:२२ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ ।

निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, 'क' र 'ख' वर्गका अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षीलाई सहज हुने भएको छ ।

पहिले पनि गर्भवती र सुत्केरीलाई निःशुल्क सेवा प्रदान गर्दै आएकामा अबदेखि ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा दिन लागिएकाे राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले  जानकारी दिनुभएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले सहयोगापेक्षीलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पुर्‍याउने छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया