सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह गर्ने निर्णय गरे पनि आज बिहीवार काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा सुनसानजस्तै देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गएको वैशाख ६ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । त्यहीअनुसार आज नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको सङ्ख्या अत्यन्तै न्यूनमात्रै रहेको कार्यालयको भनाइ छ ।
दैनिक झन्डै औसत दुई सय सेवाग्राही राहदानीसम्बन्धी सेवा लिनका लागि आउने गरेकोमा कार्यालयमा आज ७३ जनाको पालो भए पनि २८ जनामात्र लिन आएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै दैनिक एक सय २० देखि दुई सयसम्म राष्ट्रिय परिचयपत्र लिन आउने गरेकोमा आज जम्मा पाँच जनामात्र आएको उहाँको भनाइ छ ।
श्रेष्ठले सेवा प्रवाहका लागि समयमै कार्यालय खुलेको भए पनि सेवाग्राही सेवा लिन सोचेअनुरूप नआउने गरेको बताउनुभयो । ‘सरकारको निर्णयअनुसार समयमै कार्यालय खोलेर सबै कर्मचारी सेवामा हाजिर छौँ’, उहाँले भन्नुभयो, ‘तर सेवा लिन आउँदैनन्, जानकारी नभएर पनि हुनसक्छ ।’
गृह मन्त्रालयले २०७९ चैत २ गतेदेखि राजपत्रमा प्रकाशित गरी जिल्ला प्रकाशन कार्यालय काठमाण्डौले १८ प्रकारका सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । त्यो निर्णयअनुसार कार्यालयले चाडपर्व तथा दिवसमा नियमित सेवा प्रवाह गर्नुपर्नेछ ।
कार्यालयका अनुसार उभौली पर्व–चण्डीपूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जम्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिशमस डे, किराँत समुदायको उद्यौली पर्व, योमरी पुन्हि–ज्यापू दिवस, तमुल्होसार, बुद्ध जयन्ती, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर ईद र मच्छेन्द्रनाथको भोटो देखाउने जात्राजस्ता सार्वजनिक बिदामा सेवा प्रवाह गर्ने निर्णय भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।