भारत क्रिकेट खेल्न नेपालमा जानुपर्छ,  क्रिकेटप्रतिको जोश अतुलनीय छ : आकाश चोपडा

 भदौ १८, २०८० सोमबार १९:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय पूर्व क्रिकेटर तथा विश्लेषक आकास चोपडाले नेपाली क्रिकेटसँग ठूलो सम्भावना बताएका छन् ।

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल चलिरहेको बेला आकासले सामाजिक सञ्जालमा लेख्दै नेपालमा क्रिकेटप्रतिको जोश अतुलनीय रहेको बताएका हुन् ।

उनले भारतले नेपाली क्रिकेटलाई स्वीकार गर्दै ए टोलीलाई भए पनि क्रिकेट खेल्न नेपालमा पठाउनुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘भारतले नेपाली क्रिकेटलाई स्वीकार गर्नुपर्छ र नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा गति दिनु भारतको दायित्व हो । भारतले ‘ए’ टोलीलाई नेपाल पठाउनुपर्छ र उनीहरूलाई भारतको घरेलु संरचनामा समावेश गर्नुपर्छ  नेपालमा क्रिकेटप्रतिको जोश अतुलनीय छ... र उनीहरूसँग सम्भावना पनि छ ।’

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया