एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित, हरि रिजाल दुई मतले पराजित

 भदौ २०, २०८० बुधबार ७:१७:३४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रूपन्देही – नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।

कँडेल एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी हुनुभएको हो ।

गएराति सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी हुनु भएको हो भने उहाँका प्रतिस्पर्धी रिजालले ४ सय ७७ मत पाउनु भयो ।

त्यसैगरी उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४ सय ५५ मत पाएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रिजाल समूहका विश्वराज बराल अनुपले ३ सय ६ मत पाउनु भयो ।

पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी हुनुभयो ।

उहाँका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँकी प्रतिस्पर्धी बाँकेकी बसन्ती अधिकारीले ३ सय ५१ मत पाउनु भयो ।

यस्तै, सचिवमा लक्ष्मण आचार्य अस्ति सोमवार नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा चुनावमा ९ सय ६५ मत मात्रै खसेको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया