असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । यी दुई देशबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुन लागेको हो ।
दोस्रो खेल पर्सि ९ तारिखमा, तेस्रो खेल १२ तारिखमा, चौथो खेल १५ तारिखमा र पाँचौँ तथा अन्तिम खेल १७ तारिखमा हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।
अस्ट्रेलियाले विश्वकप अघि दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन एकदिवसीय खेलको शृङ्खला खेल्न लागेको हो । भारतसँग सेप्टेम्बर २२, २४ र २७ तारिखमा खेल हुनेछ । एकदिवसीय विश्वकपका लागि घरेलु टोली भारतले रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ भने दक्षिण अफ्रिकाको कप्तानी टेम्बा बभुमा र अस्ट्रेलियाकाे कप्तानी प्याट कमिन्सले गर्नेछन् ।
एकदिवसीय विश्वकप अक्टोबर/नोभेम्बरमा भारतमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।