असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - एसिया कपको सुपर फोरमा वर्षका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज नहुने भएको छ । अब यो खेल भोलि सोमवार 'रिजर्भ डे' मा हुनेछ ।
कोलम्बोमा टस हारेर ब्याटिङ गरेको भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । वर्षाका कारण आजको खेल योभन्दा अघि बढ्न सकेन । भारतले अब भोलि आजकै अवस्थाबाट खेल अघि बढाउनेछ ।
विराट कोहली ८ र केएल राहुल १७ रन बनाएर क्रिजमा छन् यसअघि भारतका कप्तान रोहित शर्मा ५६ र शुभमन गिल ५८ रन बनाएर आउट भए ।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको थियो । यसअघि यी दुई टोलीबीच सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।