पानी नपर्दा गर्मी बढ्यो

 भदौ ३१, २०८० आइतबार ७:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पानी नपर्दा गर्मी बढ्न थालेको छ । मनसुनकै अवधिमा रहे पनि केही समययता जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि धेरै ठाउँमा पानी परेको छैन ।

आज पनि पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

कोशी, बाग्मती र मधेस प्रदेशमा भने फाट्टफुट्ट मात्रै पानी पर्ने उहाँले बताउनुभयो । लगातारजसो घाम चर्किँदा देशभर फेरि अधिकतम तापक्रम बढ्न थालेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्न थालेको छ । यस्तै, जनकपुर, धनगढी र भैरहवाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस छ ।

यसैबीच, यसपालि मनसुनमा पनि प्रि-मनसुनको जस्तो गतिविधि देखिएको छ । मनसुनमा पनि प्रि-मनसुनको मेघगर्जनसहित चट्याङ परिरहेको छ । मनसुनसँगै स्थानीय वायुको प्रभाव पर्न थालेकाले मेघगर्जनसहित चट्याङ पर्न थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अझै एक/दुई दिनको मौसम यस्तै रहेने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया