ने क पा को एकता सर्वसम्मत

 कात्तिक १६, २०७५ शुक्रबार १८:३३:४२ | तपेन्द्र बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी ने क पा ले डडेल्धुरामा पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ ।

डडेल्धुरामा गठित कार्यदलले सबै स्थानीय तहमा नेतृत्वको बाँडफाँड गरी पार्टी एकतालाई पूर्णता दिएको ने क पा नेता धनबहादुर साउदले बताउनु भएको छ ।बिहीबार सम्पन्न नेकपाको जिल्लास्तरिय कार्यदलको बैठकले स्थानीय तहमा समेत नेतृत्व बाँडफाँड गरेको हो ।

दुई नगरपालिका र पाँच गाउँपालिकासहित सातवटा स्थानीय रहेको डडेल्धुरामा एक नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र एक नगरपालिकासहित तीन वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व पाएको हो ।

यस्तै सातै स्थानीय तहका ५२ वडा मध्ये तत्कालीन एमालेले २८ वडा र तत्कालीन माओवादी केन्द्रले २४ वडामा नेतृत्व पाउने भएको छ । तत्कालीन एमालेले जिल्लाको अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका र तत्कालीन माओवादी केन्द्रले परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको ने क पा नेता साउदले बताउनु भएको छ ।

ने क पा को जिल्ला स्तरको कार्यदलले तयार पारेको भागबण्डाको विवरण प्रदेश कमिटीलाई बुझाइने भएको छ । सर्वसम्मत रुपमा भएको भागबण्डालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि मात्रै गाउँ तथा वडा कमिटीले पूर्णता पाउने तत्कालीन एमालेका नेता वीरेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया