पाेखराबाट सुर्खेतका लागि छुटेकाे बस दाङमा दुर्घटना, १४ जना घाइते

 असोज १५, २०८० सोमबार ७:३०:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको  ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे । 

बस सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ । 

बस चालक रामेछाप सुनापति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेकाे छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया