देशका धेरै ठाउँमा झरी, भाेलिदेखि माैसम सुधार हुने

 असोज १७, २०८० बुधबार ८:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन ।

काठमाण्डौ उपत्यकामा पनि रातिदेखिको झरी रोकिएको छैन । आज पनि उपत्यकासहित देशका धेरैजसो ठाउँमा झरी पर्ने मौसमविद् लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो ।

सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ ।  आज अक्टोबर चार तारिख हो । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को भनाइ छ । 

 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया