लगातारको झरी रोकियो, मौसममा सुधार

 असोज १८, २०८० बिहीबार ७:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - लगातारको झरी रोकिएको छ । देशका धेरै ठाउँमा लगातार तीन दिनदेखि परेको झरी रोकिएको छ । गएरातिदेखि नै मौसममा सुधार देखिएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

झरी रोकिएसँगै देशका धेरै ठाउँमा घाम लागेको छ । अब तत्काललाई ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । मनसुनी प्रणाली कायमै रहेकाले बेलुकीपख भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । झरी रोकिएसँगै किसानलाई राहत मिलेको छ । लगातारको झरीका कारण तराई क्षेत्रमा पाकेको धानमा नोक्सानी हुन थालेको थियो ।

तत्काल अब लगातार झरीको सम्भावना नरहेकाले घाम लागेका बेला धान काट्न किसानलाई विज्ञको सुझाव छ । यसपालि मनसुन लम्बिएको छ । गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् गएको १५ गतेसम्म रहने भनिए पनि यसपालि लम्बिएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया