नेपालबाट मनसुन बाहिरिन थाल्यो

 असोज १९, २०८० शुक्रबार १८:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालबाट मनसुन बाहिरिन थालेको छ । आज शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष नेपालमा जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिला गरी बाहिरिन थालेको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख हो । नेपालमा मनसुन पूर्वी क्षेत्र हुँदै प्रवेश हुन्छ भने बाहिरिँदा पनि पश्चिम क्षेत्रबाट शुरु भएर पूर्वी क्षेत्रबाटै बाहिरिन्छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया