मनसुन पूरै बाहिरिन अझै ४/५ दिन लाग्ने, मध्य र पूर्वी क्षेत्रमा कतैकतै क्षणिक वर्षाको सम्भावना कायमै

 असोज २०, २०८० शनिबार ८:१०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालबाट मनसुन पूरै बाहिरिन अझै ४/५ दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको मनसुन मध्य र पूर्व हुँदै पूर्णरुपमा बाहिरिन अझै ४/५ दिन लाग्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँ अनुसार अझै पनि मध्य र पूर्वी क्षेत्रमा कतै/कतै क्षणिक वर्षाको सम्भावना छ । यो वर्ष नेपालमा गएको जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो ।

सरदर मितिभन्दा एक दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिला गरी हिजोदेखि बाहिरिन थालेको हो । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख हो ।

काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । तर बेलुका उपत्यकाका केही ठाउँमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया