दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दियाे ४०० रनकाे विशाल लक्ष्य

 कात्तिक ४, २०८० शनिबार १८:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ४०० रनकाे विशाल लक्ष्य दिएकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३९९ रन बनायाे । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले शतक बनाए । उनी ६७ बलमा १०९ रन बनाएर आउट भए । यस्तै रेजा हेन्ड्रिक्सले ८५ र मार्काे जानसेनले नटआउट ७५, रसी भान डेर डसेनले ६० रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रिस टपलेले ३ विकेट लिए ।

दक्षिण अफ्रिका ३ खेलमा २ मा जित्दै ४ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । इङ्ल्यान्ड उति नै खेलमा १ खेल जित्दै २ अङ्कसहित छैटाैँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया