लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुम पठायाे

 कात्तिक १८, २०८० शनिबार १८:३२:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको निर्देशनमा स्वास्थ्यकर्मी सहितको टोली पठाएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको आवश्यकता बढिरहेकोले लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशनमा दाङको तुलसीपुरबाट स्वास्थ्यकर्मी र औषधिसहितको टोली हिँडेको हो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफ केयर अस्पताल, र तुलसीपुर सिटी अस्पतालबाट २० जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुमतर्फ हिँडेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया