हिजाे २४ अङ्कले घटेकाे शेयर बजार आज २० अङ्कले बढ्याे

 मंसिर ६, २०८० बुधबार १६:४५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो मङ्गलवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज बुधवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशत तथा पञ्चकन्यामाई हाइड्रो, माथिल्लो मैलुङखोला जलविद्युत्, थ्री स्टार हाइड्रो र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सयपत्री हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ४२ लाख १३ हजार कित्ता शेयर एक अर्ब आठ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर आयल एन्ड मिनरल्स कम्पनीको १० करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया