आईएमई बन्याे सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

 मंसिर ७, २०८० बिहिबार १२:४५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये आईएमई  लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८० का अवसरमा आज काठमाण्डाैमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष कार्यक्रममा अर्थ मन्त्री डा. प्रकाशशरण महतले आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई सम्मान गर्नुभएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये  रेमिट्यान्सतर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको हाे । 

सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईले बैकिङ्ग सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गर्दै आएकाे छ । 

यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आईएमई सम्मानित हुँदै आएको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया