शेयर बजार झन्डै १० अङ्कले बढ्यो, १ अर्ब ३४ करोड रुपैयाँको कारोबार

 मंसिर ७, २०८० बिहिबार १५:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि बढेको छ । हिजो बुधवार २० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नाै दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, माइक्रोफाइनान्स र अन्यबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै नबिल बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ४४ लाख २० हजार कित्ता शेयर एक अर्ब ३४ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया