यसवर्षको अन्तर्दृष्टि पुरस्कार घोषणा : अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार अच्युत घिमिरेलाई

 मंसिर १७, २०८० आइतबार १२:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डा.कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज पुरस्कार घोषणा गरिएको हो ।

यसवर्षको अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माविका शिक्षक किशोरकुमार श्रेष्ठ, अन्तर्दृष्टि हातेमालो पुरस्कार अमरज्योति माविकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार रेडियोकर्मी अच्युत घिमिरेलाई प्रदान गर्ने निर्णय भएको संयोजक होमनाथ अर्यालले जानकारी दिनुभयो । पुरस्कार बसन्तपञ्चमीका दिन प्रदान गरिनेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया