श्रीलङ्कामा दैनिक ९ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन

 मंसिर १७, २०८० आइतबार १८:३४:६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलङ्कामा दैनिक ९ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशतमात्रै पुन: प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिवार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।

वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर सङ्कलन भएको खुलासा गरेको छ । समितिले उद्योगीहरूलाई विना निगरानी सहजरूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ ।

श्रीलङ्काले वार्षिक ४ लाख मेट्रिक टन प्लास्टिक कच्चा पदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको पनि सञ्चार विभागले जनाएको छ । संसदीय समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक सङ्कलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशनसमेत दिएको छ ।

श्रीलङ्कामा प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ ।  समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयाेगमा ल्यान नमिल्ने खालका प्लास्टिकको जथाभाबी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया