शेयर बजार दाेहाेराे अङ्कले घट्याे, १ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

 मंसिर १९, २०८० मंगलबार १५:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेकाे छ ।

आज जीवन बीमाबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, हाेटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीकाे शेयर साढे ९ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिङ्गटी हाइड्राे इनर्जीकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

आज बजार घटे पनि काराेबार रकम बढेकाे छ । हिजाे साेमवार १ अर्ब १९ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालकाे ३६ कराेड २९ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया