शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी

 मंसिर २०, २०८० बुधबार १५:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा पुगेको छ । आज जीवन विमा समूहको शेयर एक सय २५ अङ्क भन्दा धेरै र विकास बैंक, लघुवित्त, व्यापार, लगानी लगायतका समूहको शेयर सामान्य बढेको छ ।

आज ग्लोबल आइएमइ लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समग्रमा बजारमा सुधार आएपनि सिंगटी हाइड्रोको शेयर नौ प्रतिशत भन्दा धेरैले घट्यो । आज कारोबार रकम हिजोको तुलनामा घटेर एक अर्ब १४ करोड रुपैयाँमा भरेको छ । आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्सुरेन्सको सात करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया