गाजामा राष्ट्रसङ्घको शक्तिशाली धारा लागू, युद्ध रोक्न महासचिव गुटेरेसको आग्रह

 मंसिर २१, २०८० बिहिबार ११:१:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उहाँले युद्धविरामका लागि अनुरोध गर्नु भएको हो ।

यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ । दशकौँदेखि यो धारा प्रयोगमा ल्याइएको थिएन । गाजापट्टीमा भइरहेको सङ्कटबारे सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराउन र युद्धविराम लागू गराउन गुटरेसले यो धारा लागू गरेका अलजजिराले जनाएको छ । 

गाजाका अस्पतालहरुलाई युद्ध मैदान बनाइएको भन्दै उहाँले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताउनु भएको छ । त्यहाँका नागरिकलाई जीवित रहनका लागि अति आवश्यक सामग्री समेत नभएको र यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको खबरमा उल्लेख छ ।

गुटरेसका अनुसार गाजा क्षेत्रको सार्वजनिक व्यवस्था पुरै ध्वस्त हुन सक्छ । उहाँले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घले गाजाम भइरहेको युद्ध रोक्न अपिल गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया