जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि : अध्ययन

 मंसिर २१, २०८० बिहिबार १४:५६:७ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधवार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ ।

अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको तथ्याङ्क देखिएको छ ।

बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न बाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ ।

अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको वृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ ।

यस्ता विभिन्न किसिमका कारणहरू सृजित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्याङ्कन गरिरहेको र जलवायु परिवर्तन र जलवायु-प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोतसमेत परिचालन गरिरहेको बताएको छ ।

आईआरसी बङ्गलादेशकी निर्देशक हसिना रहमानले भन्नुभएको छ, आज बङ्गलादेशमा विवाहयोग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुने गरेको पाइएको छ भने २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेरअघि नै विवाह हुने गरेको पाइएको छ । खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम, बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूका लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ ।

यसैबीच आईआरसीले जलवायु परिवर्तनबाट सृजित समस्याहरूलाई सम्बोधन गर्न दिगो कोष स्थापना गर्न र यस जटिल सङ्कटलाई सम्बोधन गर्न सरकार, दाता र गैरसरकारी संस्थाहरूबाट तत्काल सहयोगका लागि आह्वानसमेत गरेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया