शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, २ अर्ब ७९ कराेड रुपैयाँकाे काराेबार

 मंसिर २१, २०८० बिहिबार १५:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार दाेस्राे दिन पनि बढेकाे छ । हिजाे बुधवार ३ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेकाे छ ।

आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । 

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तकाे शेयर झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज ग्लाेबल आईएमई लघुवित्तकाे शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीकाे ८६ कराेड ८३ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया