गाजा युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए

 मंसिर २२, २०८० शुक्रबार ८:३४:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ ।

उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुःख व्यक्त गर्दै इसेनकोट ‘साँच्चिकैको हिरो’ भएको बताउनुभएको छ । विस्फोटमा अर्का एक सैनिकको पनि ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

गएको अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्ध शुरु भएलगत्तै पूर्वसैन्य प्रमुख गाडी इसेनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो ।  इजरायल र हमासबीच २ महिनादेखि भइरहेको युद्धमा परेर १६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया