स्वदेशमै उत्पादित आलु–प्याजमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

 मंसिर २२, २०८० शुक्रबार १६:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै थोक व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका छन् । आज विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गर्नुभएको थियो । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

व्यवसायीले सरकारले स्वदेशी उत्पादनमा समेत भ्याट लगाएको दाबी गरेका छन् । आयातकर्ता नै हड्तालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले आलु र प्याज भित्रिएको छैन । नेपालमा देशभित्र उत्पादन भएको बाहेक भारतबाट प्याज र बंगलादेशबाट आलु आयात हुन्छ ।

यसैबीच भारत सरकारले प्याजको निर्यातमा लगाएको पूर्ण प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो ।

भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सन् २०२४ को मार्च ३१ तारिखसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको जनाएको छ । तर अन्य देशका सरकारको आग्रहअनुसार भारत सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया