गाजामा युद्धविराम रोक्न राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटाे

 मंसिर २३, २०८० शनिबार ७:३:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षा परिषद्को हिजो भएको आपत्कालीन बैठकमा यूएईले गाजामा तत्काल एक मानवीय युद्धविराम लागू गर्न माग गर्दै प्रस्ताव पेस गरेको थियो । यो प्रस्तावमा १३ सदस्य देशले समर्थन गर्दै मत दिएका थिए भने अमेरिकाले भिटो प्रयोग गरेको खबरमा उल्लेख छ । बेलायत भने मतदानमा सहभागी नै भएन ।

अमेरिकाले तत्काल युद्धविराम गर्नु समस्याको समाधान नभएको प्रतिक्रिया दिएको छ । बैठकमा महासचिव एन्टोनियो गुटेरेसले लागू गर्नु भएको धारा ९९ बारे छलफल भएको थियो ।

इजरायलले गाजा क्षेत्रमा युद्ध बढाए पछि त्यहाँका हजारौँ नागरिकले संयुक्त राष्ट्रसङ्घको विद्यालयमा शरण लिने प्रयास गरेका छन् । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच भइरहेको युद्धमा परेर १७ हजार भन्दा धेरैको ज्यान गइसकेको अनुमान छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया