शेयर बजार ५ प्रतिशतले बढेपछि दाेस्राे पटक सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार रोक्का

 मंसिर २४, २०८० आइतबार ११:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - शेयर बजार ५ प्रतिशतले बढेपछि दाेस्राे पटक सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।

बिहान ११ बजेर ५ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजार २७ मिनेटमा नेप्से सूचक ५ प्रतिशतले बढेपछि अर्को पटक सर्किट ब्रेक लागेको हो ।

पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुने र दोस्रो घण्टाभित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुने नियम छ । यस्तै, तेस्रो घण्टाभित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकी पूरै दिनको कारोबार स्थगित हुनेछ ।

अस्ति शुक्रवार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले शेयर धितो कर्जाको जोखिमभार घटेपछि लगानीकर्तामा मनोबल बढेको छ ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया