एनसेलको शेयर बिक्रीबारे कुनै जानकारी भए इमेल गर्न छानबिन समितिको आग्रह

 मंसिर २५, २०८० सोमबार ८:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले औपचारिक रुपमा काम थालेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सचिवालय स्थापना गरेर समितिले काम थालेको हो ।

सरकारले तोकेको कार्यादेशअनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन पेस गर्ने आयोगले जनाएको छ । आयोगका अनुसार यसबीचमा विभिन्न नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल हुनेछ । त्यसक्रममा विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिहरुसँग समेत छलफल गर्ने समितिले जनाएको छ ।

समितिले यसबारेमा कुनै जानकारी भए [email protected] इमेल गर्न समेत आग्रह गरेको छ । मलेसियाली कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि कारोबार आकस्मिक र अविश्वसनीय भएको भन्दै प्रश्न उठेको थियो । यसबारे छानबिन गर्न दबाब बढेपछि सरकारले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया