उजय शाक्य चीनमा प्रतिष्ठित अवार्डबाट सम्मानित

 मंसिर २७, २०८० बुधबार २०:३६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउटरिच नेपालका संस्थापक उजय शाक्य प्रतिष्ठित 'ईसीएई इनाेभेटिभ मार्केटर अफ दी इयर २०२३' अवार्डबाट सम्मानित हुनुभएको छ । ईसीआई फेस्टिभलले यही डिसेम्बर ७ मा आयाेजना गरेकाे गाला इभेन्टमा शाक्यलाई अवार्ड प्रदान गरिएकाे हाे ।

दक्षिण एसियाको एक अभियन्ताका रूपमा परिचय बनाइसक्नुभएका उजय शाक्यले यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि पुर्‍याउनुभएकाे याेगदानकाे कदर गर्दै चीनकाे वाेएशीमा भएकाे कार्यक्रममा सम्मान गरिएको हो । शाक्यले ईसीआई फेस्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्त्वमाथि विशेष प्रकाश पार्नुभएको थियो ।

ईसीआई फेस्टिभलमा विश्वका १३ वटा देशका प्रतिनिधि भेला भएर 'ग्लाेबल स्स्टेनेबल इनाेभेशन एन्ड सिभिलाइजेशन डेभलपमेन्ट इनिसिएटिभ' विषयमाथि छलफल गरेका थिए । यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तीकरणमा 'डिजिटलाइजेशन' को प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो ।

वाेएशी राष्ट्रिय हाई टेक औद्योगिक विकास क्षेत्र व्यवस्थापन कमिटी र इन्टरनेशनल आन्ट्रप्रेनर्स क्रिएटिभ एन्ड इनाेभेटर्स एसाेसिएशन (आईईसीआईए) द्वारा संयुक्तरूपमा आयोजित ईसीआई फेस्टिभल विश्वभरका नवप्रवर्तकहरूलाई एकै ठाउँमा जमघट गराउनका लागि प्रख्यात  छ । ईसीआई फेस्टिभलले आफ्नो प्रभाव र पहुँचलाई विस्तार गर्दै भिन्न भिन्न सहरहरूमा यस प्रकारको भेला आयोजना गर्दै आएकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया