भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी

 पुस १२, २०८० बिहिबार ८:२४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाण्डौमा आजदेखि चार दिनसम्म घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गर्दैछ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा हुन लागेको हो ।

मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी यससम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने सङ्घले जनाएको छ ।

भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टकासाथै बैंक र बीमा कम्पनीको ६० वटा स्टल रहने छ । मेलामा २ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने सङ्घले लक्ष्य लिएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया