जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

 पुस १७, २०८० मंगलबार ९:५१:२० | एजेन्सी
unn.prixa.net

जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ ।

मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव ६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुकाे निरन्तर उद्धारकाे काम भइरहेकाे जानकारी दिनुभएकाे छ । 

याे भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत  दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् ।  त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् । 

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर  जापानी सेनाले  खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया