फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्रीभन्दा तल

 पुस १८, २०८० बुधबार ६:४८:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – फिनल्यान्ड र स्विडेनमा यस वर्ष जाडो शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । त्यहाँको न्यूनतम तापक्रम हिजो शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेको स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले  जनाएको छ ।

न्यूनतम तापक्रम कम भएपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले सबै क्षेत्रमा यातायात अवरुद्ध भएको छ । मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ  ।

स्विडेनमा चिसोका  कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ । फिनल्यान्डका केही ठाँउमा एक हप्तासम्म तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया