शेयर बजार आज पनि घट्याे, ५ अर्ब ५८ कराेड रुपैयाँकाे काराेबार

 पुस १९, २०८० बिहिबार १५:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बुधवार झन्डै २८ अङ्कले बढेको शेयर बजार आज बिहीवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।

आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । समग्रमा बजार घटे पनि आज कालिका पावर कम्पनी, सिंगटी हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर साढे छ प्रतिशतले घटेको छ ।

बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । आज एक करोड ६० लाख कित्ता शेयर पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया