अत्यधिक हिमपातका कारण स्विडेनको एक राजमार्गमा १ हजार वटा गाडी फसे

 पुस १९, २०८० बिहिबार १८:११:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अत्यधिक हिमपातका कारण स्विडेनको एक राजमार्गमा एक हजार वटा गाडी फसेका छन् । २४ घण्टाभन्दा लामो समयदेखि एक हजार वटा कार र लरी फसेका  हुन् । गाडीमा रहेका यात्रुलाई सेनाले खाना र पानी पुर्‍याएको बीबीसीले जनाएको छ ।

स्विडेनको ई–२२ राजमार्गमा फसेकाहरूको उद्धार कार्य चलिरहेको सरकारी अधिकारीले बताएका छन् । यात्रुको उद्धार गरे पनि गाडीहरू सडकबाट निकाल्न नसक्दा सडक बन्द छ । एक यात्रु एरिका सेपेलियोवेइटले साना बच्चासहित आफूहरू फसेको १९ घण्टामा बल्ल उद्धार भएको बताउनुभएको खबरमा उल्लेख छ ।

सेनाले हिउँ पन्छाएको आधा घण्टामा सडकहरू फेरि ढाकिएर गाडी फस्ने अवस्था रहेको बताएको छ ।

नर्डिक देशहरूमा अहिले न्यूनतम तापक्रमले रेकर्ड बनाइरहेको छ । स्विडेनको मौसम विभागले हिजो माइनस ४३ डिग्री तापक्रम मापन गरेको छ, यो २५ वर्षयताकै कम तापक्रम हो । अत्यधिक चिसो मौसमले स्विडेन, फिनल्यान्ड र नर्वेको जनजीवन निकै प्रभावित भएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया