इजरायलको सेनाद्वारा गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ

 पुस २०, २०८० शुक्रबार ६:३६:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनले जनाएको छ ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले हिजो संयुक्त विज्ञप्ति निकालेर ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताइएको छ ।

पक्राउ पर्नेमा ८२ वर्षीया महिलासहित उनका आफन्त पनि रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पक्राउ गरिएका महिलाले यातना र अपमानको सामना गर्नुपरेको र गाजाका अन्य बन्दीहरुलाई जस्तै गरी हिरासतमा राखिएको दाबी समेत गरिएको छ ।

इजरायलले मानवअधिकार सङ्गठनका प्रतिनिधिलाई बन्दीलाई भेट्न र अवस्थाबारे बुझ्न रोकेको आरोप छ । साथै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई पहुँच दिन पनि अस्वीकार गरेको खबरमा उल्लेख छ । इजरायलले गाजाबाट पक्राउ गरी बन्दी बनाएकाहरुलाई गैरकानुनी लडाकुको दर्जा दिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया