गाजावासीलाई बसाइँ सर्न इजरायलले गरेको आह्वानबाट राष्ट्र सङ्घ चिन्तित

 पुस २०, २०८० शुक्रबार ९:१७:५ | एजेन्सी
unn.prixa.net

इजरायलले गाजावासीलाई बसाइँ सर्न गरेको आह्वान चिन्ताको विषय रहेको राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजरायली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू अत्यन्त चिन्तित भएको बताउनुभएको छ ।

इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले गएको सोमवार गाजापट्टीमा इजरायली बस्तीको पुनःस्थापनलाई प्रवर्द्धन गर्न आह्वान गर्नुभएको थियो । त्यसको एक दिनअघि अति दक्षिणपन्थी वित्तमन्त्री बेजेलेल स्मोट्रिचले पनि गाजाका झण्डै २४ लाख प्यालेस्टिनीहरूलाई गाजा छाड्नका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभएको थियो ।

गाजाका नागरिकहरूलाई तेस्रो देशमा स्थानान्तरण गर्ने योजना अत्यन्त चिन्तित रहेको मानवअधिकार प्रमुख टर्कले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । उहाँले अन्तर्राष्ट्रिय कानुनहरूले संरक्षित क्षेत्रभित्र संरक्षित व्यक्तिहरूलाई जबरजस्ती स्थानान्तरण वा कब्जा गरिएको क्षेत्रबाट हुने निर्वासनलाई निषेध गरेको उल्लेख गर्नुभएको छ।

गएको अक्टोबर ७ तारिखमा लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि लडाइँ शुरु भएको थियो । हमास लडाकु र इजरायलबीचको तीन महिनाको युद्धका कारण गाजाका धेरैजसो बासिन्दा आफ्नो घर छाड्न बाध्य भएका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया