अमेरिकाको आयोवामा विद्यालयमा गोली चल्दा एक जनाकाे ज्यान गयाे, पाँच जना घाइते

 पुस २०, २०८० शुक्रबार १२:३१:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको आयोवा राज्यमा रहेको एक हाइस्कुलमा गोली चल्दा एक जनाको ज्यान गएको छ । विद्यार्थी र शिक्षकसहित पाँच जना घाइते भएका छन् ।

आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय किशोरले ६ कक्षाका विद्यार्थीलाई गोली हानेका थिए । उनले चलाएको गोली लागेर ५ जना विद्यार्थी र एक शिक्षक घाइते भएका बीबीसीले जनाएको छ ।

गोली चलाउने विद्यार्थी नै मृत फेला परेका प्रहरीले जनाएको छ । किशोरले अरुलाई गोली चलाएर आफ्नो पनि ज्यान लिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । क्रिसमसको बिदापछि विद्यालय खुलेको पहिलो दिनमै गोली चलेको हो ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया