यो वर्ष विश्व आर्थिक वृद्धि सुस्त रहने : राष्ट्र सङ्घको प्रतिवेदन

 पुस २०, २०८० शुक्रबार १८:११:४६ | एजेन्सी
unn.prixa.net

अमेरिकाकाे क्यालिफाेर्निया राज्यकाे फाेस्टर सहरकाे एक सुपरमार्केटमा ग्राहकरू । तस्बिर : सिन्ह्वा

सन्  २०२४ मा आर्थिक वृद्धि घटेर २ दशमलव ४ प्रतिशत कायम रहने संयुक्त राष्ट्र सङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले देखाएको छ ।

सन् २०२३ मा विश्व आर्थिक वृद्धि २ दशमलव ७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।

अमेरिकामा उच्च ब्याज दर, न्यून उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ ।

पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली देशहरूमा अल्पकालीन वृद्धि सम्भावनाहरू सङ्कुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।

न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा  विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया