भारतको पहिलो सौर्य मिसन आदित्य–एल वान आज आफ्नो गन्तव्यमा पुग्दै

 पुस २१, २०८० शनिबार ११:१४:२८ | एजेन्सी
unn.prixa.net

सूर्यको अध्ययन गर्न भारतले अन्तरिक्षमा पठाएको सौर्य मिसन ‘आदित्य–एल वान’ आज आफ्नो गन्तव्यमा पुग्दैछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार उसको पहिलो सौर्य मिसन आज दिउँसो ४ बजे तोकिएको कक्षमा पुग्ने अपेक्षा छ । त्यहाँ एक ठाउँमा राख्ने प्रयास हुने इसरोलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको सेप्टेम्बर पहिलो हप्ता आन्द्र प्रदेशको सतीश धवन केन्द्रबाट प्रक्षेपण भएको यो मिसन चार महिनापछि अन्तिम गन्तव्यमा पुग्न लागेको हो । इसरोका प्रमुख एस सोमनाथका अनुसार गन्तव्यमा पुगेपछि, अन्तरिक्ष यानले कुनै पनि ग्रहण विना सूर्य हेर्न सक्षम हुनेछ । सूर्य मिसन भए पनि यो अन्तरिक्ष यान सूर्यको नजिकै भने जाने छैन ।

पृथ्वीबाट १५ लाख किलोमिटर दूरीमा आदित्य यान पुग्नेछ जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो । तर त्यो सूर्य र पृथ्वीबीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो । पृथ्वीदेखि सूर्यको दूरी भने १५ करोड १० लाख किलोमिटर छ ।

यसअघि अमेरिकाको नासा, रुस र युरोपको अन्तरिक्ष एजेन्सीले पनि यस्तै सोलार मिसन पठाइसकेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया