राष्ट्रपति चुनावमा ट्रम्पको योग्यताबारे मुद्दा अघि बढाउन अमेरिकाको सर्वोच्च अदालत सहमत

 पुस २१, २०८० शनिबार १४:२२:५९ | एजेन्सी
unn.prixa.net

कठमाण्डौ – अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि उम्मेदवार बन्न पाउने/नपाउने विषयको मुद्दामा सुनुवाइ गर्ने जनाएको छ । कोलोराडोको अदालतले चुनावमा अयोग्य ठहर्‍याएपछि ट्रम्पले त्यस विरुद्ध पुनरावेदन दिनुभएको थियो ।

ट्रम्पको पुनरावेदन मुद्दा अघि बढाउन सर्वोेच्च अदालतका न्यायाधीशहरू सहमत भएका बीबीसीले जनाएको छ । फेब्रुअरी महिनामा हुने सुनुवाइको आदेश देशव्यापी रूपमा कार्यान्वयन हुने अमेरिकी सर्वोच्च अदालतले जनाएको छ ।

कोलोराडो पछि मेइन राज्यमा पनि ट्रम्प राष्ट्रपति पदमा उम्मेदवार बन्न अयोग्य रहेको आदेश भएको छ । अरु कैयौँ राज्यमा ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गर्न माग गर्दै मुद्दाहरू दर्ता गरिएका छन् ।

तीन वर्षअघिको अमेरिकी संसद् भवनमा भएको आक्रमणको घटनाका बेला ट्रम्प देशद्रोहमा संलग्न भएको आरोप लगाइएको छ । अमेरिकाको संविधानको १४औँ संशोधनले देशद्रोह वा विद्रोहमा संलग्न जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ ।

तर ट्रम्पका वकिलले त्यो राष्ट्रपति भइसकेका व्यक्तिका हकमा लागू नहुने तर्क राखेका छन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका लागि अग्रणी उम्मेदवार ट्रम्पलाई यस वर्षको नोभेम्बरमा हुने चुनावमा डेमोक्रयाट राष्ट्रपति जो बाइडनको प्रतिस्पर्धी हुनसक्ने ठानिएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया