बङ्लादेशमा आज मतदान : विपक्षीको बहिष्कारका कारण शेख हसिनाले जित्ने पक्का

 पुस २२, २०८० आइतबार ७:४३:५७ | एजेन्सी
unn.prixa.net

बङ्लादेशमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धामा छन् । ४२ हजारभन्दा धेरै मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।

सेना, प्रहरी, नौसेना र वायुसेनाका अधिकारी सुरक्षाका लागि खटिएका छन् । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिष्कार गरेको छ । उसको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का जस्तै छ ।

बीएनपीले भोलि बिहानसम्म हड्ताल आह्वान गरेको छ । गएको अक्टोबर अन्तिममा प्रमुख विपक्षी पार्टीले ढाकामा प्रधानमन्त्री हसिनासँग आमचुनावका लागि स्वतन्त्र र निष्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग गरेको थियो । तर माग पूरा नभएको र आफ्ना वरिष्ठ नेताहरुका साथै हजारौँ मानिस पक्राउ परेपछि चुनाव बहिष्कार गरेको विपक्षी दल बीएनपीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया