मकवानपुर र काठमाण्डौ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ...
पुस २२, २०८१ सोमबार
धनकुटा – धनकुटाको हिले बजारमा सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान धनकुटा नगरपालिकाले जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान नगर प्रहरीले जफत गरेको हो ।
तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानी ट्याङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख रभी खत्रीले जानकारी दिनुभयाे । सडकपेटी मिचेर राखिएका सामान हटाउन बजार व्यवस्थापन समिति र वडा कार्यालयले पनि पहल गरेको थियो । सामान हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि नगर प्रहरीले नियन्त्रणमा लिएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताउनुभयाे । सडकपेटी मिचेर अव्यवस्थित रूपमा सामान राख्दा पैदलयात्रीले गुनासाे गर्दै आएका थिए ।
धनकुटा बसपार्क क्षेत्रमा पनि याे समस्या छ । नगर प्रहरीले धनकुटा बसपार्क क्षेत्रमा सडकपेटी तथा सार्वजनिक ठाउँमा अव्यवस्थित रूपमा राखिएका सामान पटक पटक जफत गर्दै आएकाे छ । बजारलाई व्यवस्थित बनाउनु सबैको दायित्व भएकाले सडक पेटीमा सामान नराख्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले आग्रह गर्नुभएकाे छ ।
यसैबीच हिले बजारबाट नियन्त्रणमा लिएको सामान धनकुटा नगरपालिकाले जरिबाना तिराएर फिर्ता दिने भएको छ । सरसफाइ एवम् सहरी सडक व्यवस्थापन कार्यविधिमा जरिबाना तिराएर सामान फिर्ता दिन सक्ने वा सामान बिक्री/लिलाम गरी नगरपालिकाको कोषमा रकम जम्मा गर्न सक्ने प्रावधान छ । तीन दिनभित्र सम्बन्धित व्यक्ति सामान बुझ्न आए जरिबाना लिएर फिर्ता गरिने र नआए सामान बिक्री/लिलाम गरिने नगरपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।