ईपीएल फुटबलमा आर्सनलले इप्सविच टाउनलाई फाराकिलो अन्तरले हरायो
बैशाख ८, २०८२ सोमबार
उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले देशको संविधान परिवर्तन गरेर दक्षिण कोरियालाई ‘मुख्य शत्रु’ का रूपमा व्याख्या गरिनुपर्ने बताउनुभएको छ ।
आफ्नो भाषणमा उत्तर कोरियाली नेता किमले दक्षिण कोरियासँग एकीकरण सम्भव नभएको भन्दै संविधान परिवर्तन गरेर युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था गर्नुेपर्ने टिप्पणी गर्नुभएको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।
यसको जवाफमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउलले आफ्नो देशलाई उक्साउने गतिविधि गरेमा उत्तर कोरियामाथि बल प्रयोग गर्ने चेतावनी दिनुभएको छ । उहाँले उत्तर कोरियाले भ्रमपूर्ण गतिविधि र झुटो प्रचार गरिरहेको भन्दै दक्षिण कोरियाले एकजुट भएर सामना गर्नुपर्ने बताउनुभएको छ ।
गएको १ वर्षयता २ देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको र दुवैले सैन्य क्षमता बढाउँदै लगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।