खडेरीका कारण काबुलका बासिन्दा पानी लिन घण्टौँ लाइनमा बस्न बाध्य

 माघ ७, २०८० आइतबार १५:९:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानको राजधानी काबुलमा खडेरीका कारण मानिसहरू पानी लिन घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौँ कुर्नु परेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रेजाईले आफ्नो परिवारमा १० जना रहेका र पानी लिन बिहानदेखि मध्यरातसम्म लाइनमा बस्नुपरेको गुनासो गर्नुभयो ।

४ वटा मस्जिदका इनारबाट दैनिक उपभोगका लागि ३ हजार ५ सयभन्दा बढी परिवारले पानी लिने गरेका खबरमा उल्लेख छ । रेज रासन क्षेत्रको एउटा मात्र इनारबाट ८ सय परिवारले पानी लिने गरेका छन् ।

युद्धग्रस्त अफगानिस्तान वर्षाैँदेखि खडेरीको चपेटामा परेको छ । राज्यद्वारा सञ्चालित खानेपानी सञ्जालले स्थानीयवासीलाई नियमित पानी आपूर्ति गर्न सकिरहेका छैनन् । ऊर्जा र पानी मन्त्रालयका प्रवक्ता कारी मतिउल्लाह अबिदले खडेरी भइरहे आन्तरिक बसाइँसराइको बढ्न सक्ने चेतावनी पनि दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया