अफगानिस्तानमा एअरएम्बुलेन्स दुर्घटना : चार जनाको जीवितै उद्धार, दुईजना बेपत्ता

 माघ ८, २०८० सोमबार ६:५३:२८ | एजेन्सी
unn.prixa.net

थाइल्यान्डबाट रसियाकाे मस्को जाँदै गरेको एअरएम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

एअर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुईजना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरुकाे बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एअरपोर्टमा रोकिएकाले शुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो ।

यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित एअर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया