चीनको युनान प्रान्तमा गएको पहिरोमा ४७ जना पुरिए

 माघ ८, २०८० सोमबार १२:२७:५३ | एजेन्सी
unn.prixa.net

चीनको युनान प्रान्तमा आज बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् । पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका बीबीसीले जनाएको छ ।

पुरिएकाहरुको अवस्थाबारे भने जानकारी आइनसकेको खबरमा उल्लेख छ ।  बेपत्ताहरूको खोजी तथा उद्धार कार्य भइरहेकाे छ । स्थानीय समाचार माध्यम पीपुल्स दैनिकका अनुसार घटनापछि यस क्षेत्रबाट पाँच सयभन्दा बढी व्यक्तिलाई सुरक्षित ठाउँमा सारिएको छ ।

भत्केका भवन पन्छाएर त्यहाँ पुरिएका मानिसको खोजी र उद्धार भइरहेकाे देखिएको बीबीसीले जनाएको छ । त्यस क्षेत्रमा तापक्रम पनि शून्यभन्दा तल रहेको खबरमा उल्लेख छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा यसअघि सन् २०१३ को जनवरीमा पहिरो जाँदा १८ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया