मिस्टर बिस्टले 'एक्स' मा राखेकाे एउटै भिडियाेबाट ३ कराेड रुपैयाँभन्दा धेरै कमाए

 माघ ९, २०८० मंगलबार १५:३:५९ | एजेन्सी
unn.prixa.net

मिस्टर बिस्ट्को नामले चिनिने चर्चित अमेरिकी युट्युबर जिम्मी डोनाल्डसनले सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर भनेर चिनिने) मा राखेको भिडियोबाट २ लाख ५० हजार डलर अर्थात् ३ करोड ३२ लाख रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् ।

उनले १ हप्ताअघि राखेको भिडियोलाई १६ करोडभन्दा बढी पटक हेरिएको छ । बिस्ट्ले ४ महिनाअघि नै युट्युबमा राखेको भिडियो फेरि 'एक्स' मा राखेका थिए । युट्युबमा यो भिडियोमा २१ करोड ५० लाखभन्दा बढी ‘भ्युज’ छ । एक्सले प्रयोगकर्ताहरूलाई उनीहरूले राखेको सामग्रीमा देखिने विज्ञापनको आधारमा विज्ञापनबाट हुने आम्दानी दिँदै आएको छ ।

सन् २०२२ को नोभेम्बरमा अमेरिकी व्यावसायिक पत्रिका ‘फोर्ब्स’ ले बिस्ट्ले युट्युब च्यानलबाट १ वर्षमा ५४ मिलियन डलर कमाएको अनुमान गरेको छ ।

यसैबीच युट्युबर बिस्ट्ले यो भिडियोबाट भएको आम्दानी १० जनालाई बाँड्ने घोषणा गरेका छन् । उनले यो पोस्ट रिपोस्ट गरेर आफूलाई फलो गर्नेमध्ये १० जनालाई २५ हजार डलरका दरले बाँड्ने बताएका हुन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया