गाजामा एकै दिन २४ इजरायली सैनिककाे ज्यान गयाे

 माघ ९, २०८० मंगलबार १८:११:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले हिजो गाजामा भएको लडाइँमा आफ्ना २४ जना सेनाको ज्यान गएको जनाएको छ । गएको अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणको बदलामा गाजामा शुरु गरेको कारबाहीमा हिजो सबैभन्दा ठूलो क्षति भएको इजरायलले जनाएको छ ।

हिजो गाजाका २ वटा भवनमा सेना रहेको मौकामा हमास विद्रोहीले विस्फाेट गराउँदा २४ जनाको ज्यान गएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै इजरायली आक्रमणमा पनि २ सय जना प्यालेस्टिनीको ज्यान गएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले हिजोको दिनलाई युद्ध शुरु भएदेखिको सबैभन्दा कठिन दिनहरूमध्ये एक भएको बताउनुभएको छ । उहाँले हमासविरुद्ध पूर्ण विजय नभएसम्म लड्न नछाड्ने पनि दोहोर्‍याउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया